Thursday, July 9

अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भए पछि पीडितहरुको आन्दोलनलाई एक्यवद्धता

नेपालअखबार, काठमाडौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भए पछि पीडितहरुको आन्दोलनलाई एक्यवद्धता जनाएको छ।

Advertisement

संघका उपमहासचिव एवं प्रवक्ता सन्जिप राइले सामाजिक संजाल फेसबुक मार्फत धारणा व्यक्त गर्दै देशभक्त-प्रगतिशील, लोकतान्त्रिक- समाजवादी युवाहरूलाई आन्दोलनमा उत्रन आह्वान गर्दै युवा संघ नेपालको एक्यवद्धता रहेको जानकारी गराएका छन् ।

Advertisement
Advertisement

प्रवक्ता राईले सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक षड्यन्त्र पुर्वक संसदबाट निष्क्रिय तुलाएको र यो मानव मारा दलाल पुजीवादी व्यवस्थाको फेरि एक पल्ट डटेर सामना गरौ..! मिटर ब्याजी सांसदहरु र दलको पहिचान गरौ भनी आक्रोश व्यक्त गरेका छन् । युवा संघले सरकार सङ पीडितहरुलाई न्याय र अविलम्ब संसदबाट विधेयक पारित गर्न माग गरेका छन् ।

Advertisement