Friday, July 3

जनयुद्धका प्रथम शहिद रम्तेलको स्मृतीमा रक्तदान

गोरखा । तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा प्रथम शहिद भएका दिलबहादुर रम्तेलको २५ औं स्मृती दिवशका अवसरमा गोरखामा रक्तदान कार्यक्रम भएको छ ।

Advertisement

अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा सघं गोरखाको संयुक्त आयोजनामा रम्तेलको २५ औं स्मृति दिवशका सन्दर्भमा रक्तदान भएको हो । सदरमुकामको शहिद गेटमा आयोजना गरिएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

Advertisement
Advertisement

कार्यक्रम क्षेत्रिय रक्तसंचार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा भएको हो ।

Advertisement

अनेरास्ववियु गोरखाका संयोजक संजिव थापा मगरको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा अनेरास्ववियुकी नेत्री पंचा सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, नेकपाका जिल्ला पार्टी कार्यालय सदस्य यादव बस्नेत, अनेरास्ववियु गोरखाका सहसंयोजक सुजन सिंखडा लगायतले मन्तब्य राखेको युवा संघका जिल्ला संयोजक अशोक शर्मा भट्ट जानकारी दिए ।

त्यस्तै दिवशकै अवसरमा बारपाक सुलिकोट ८ स्थित जराङमा रहेको दिल बहादुर रम्तेलको घरमा गई उनका बाबु आमालाई अनरास्ववियु गोरखाले सम्मान गरेको जिल्ला संयोजक थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *