Friday, April 24

राष्ट्रिय सभाको बैठक स्थगित

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।

Advertisement

विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो ।

सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।