Monday, September 14

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै

नेपालअखबार, काठमाडाैं। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक बिहान १० बजे बस्नेछ।

Advertisement

आजको बैठकमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने  क्रम जारी रहनेछ।

Advertisement
Advertisement

मन्त्रीले जवाफ दिइसकेपछि विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि प्राप्त खर्च कटौतीका प्रस्तावहरूलाई अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्नेछन्।

Advertisement

त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त  विनियोजन विधेयक २०८० लाई पारित गरियोस्

भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। प्रतिनिधि सभाले बजेट पारित गरिसकेको छ।