Saturday, April 18

बाँस्कोटाले भ्रष्टाचार गरेको प्रमाणित छैन– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त प्रमाण नभएको बताएका छन् ।

सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनको ठेक्का सम्झौता गर्न ठेकेदारसँग कमिसन मागेको अडियो भनिए पनि उक्त विषय प्रमाणित भइ नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Advertisement

उक्त अडियो पूर्ण रुपमा प्रमाण हो कि हैन भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ । उहाँ (बाँस्कोटा)ले घुस मागेको विषय अहिले नै प्रमाणित भइसकेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रमाणित भयो भने उहाँले दोषअनुसारको सजाय भोग्नुहुन्छ ।’

बास्कोटाले उक्त अडियो आफ्नो नभएको भन्ने जवाफ दिएको पनि ओलीले सुनाए । ‘कोही अनाडी मान्छेले अनाधिकृत ढंगले टेप सार्वजनिक गरेको हो, बाँस्कोटाले मेरो आवाज होईन भन्नुभएको छ । भ्रष्टाचार गरेको प्रमाणित छैन,’ प्रधानमन्त्री ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *