Sunday, August 2

बाढी- पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १५ वटा एकतर्फी

नेपालअखबार, काठमाडाैं। बाढी- पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १५ वटा एकतर्फी

Advertisement

अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

Advertisement
Advertisement

तानसेन-रिडी-कोरला, डुम्रे-बेशीसहर-चामे,  कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट- तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका सडक, सिद्धार्थ राजमार्गको पाल्पास्थित बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा सडकखण्ड, कर्णाली राजमार्गको दैलेखस्थित जमुनाह-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु लगायतका विभिन्न राजमार्ग एकतर्फी सञ्चालनमा छन्।

Advertisement

केचना-चन्द्रगढी, चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

त्यस्तै चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि पाँचथर माझीटारस्थित हेवा खोलामा अवरूद्ध छ।

मनसुन सुरू भएयता १७ वटा सडक ९० स्थानमा अवरूद्ध भएको थियो।

अहिलेसम्म २४ करोड ९६ लाखको अनुमानित क्षति भएको विभागले जानकारी दिएको छ।