Thursday, July 2

एमालेको ‍सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक शनिबार दिउँसो १ बजे बस्दैछ।

Advertisement

पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।

Advertisement
Advertisement

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार र बिहीबार उपाध्यक्षहरूसँग छलफल गरेका थिए। विभागीय कामहरूको संयोजन गरिरहेका उपाध्यक्षहरूसँगको छलफलकै आधारमा कार्यसूची तय हुने नेम्वाङले बताए।

Advertisement

‘कार्यसूची तय भइसकेको छैन। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुन्छ। उपाध्यक्षहरूले आफूले जिम्मा पाएका विभागहरूको कामको ब्रिफिङ गर्नुभएको छ। केहीले भ्याउनुभएको थिए। आज  उहाँहरूले ब्रिफिङ गर्ने, त्यसमाथि पनि छलफल हुन्छ,’ उनले भने।

एमालेले गत फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्म मिसन ग्रासरूट अभियान चलाएको थियो। अहिले फरक भूगोलमा कार्यक्षेत्र रहनेगरी संगठन सुदृढीकरण र परिचालन अभियान चलाइको छ।

ऋभियानले प्रत्येक वडामा मतदाता संख्याको ३ प्रतिशत नघट्नेगरी पार्टी सदस्य विस्तार गर्ने, काम गर्नेलाई प्रोत्साहन नगर्नेलाई बिदा, अधिवेशन आयोजक कमिटी गठन गर्ने र चैत मसान्तभित्र वडादेखि प्रदेश तहका कमिटीसम्मको अधिवेशन गर्ने अभियानको लक्ष्य छ।

अभियानको उपलब्धीबारे पनि आजको सचिवालय बैठकमा छलफल हुने बताइएको छ।