Monday, April 20

समाजवादी मोर्चा नेपालको बैठक बालुवाटारमा सम्पन्न

नेपालअखबार, काठमाडौं समाजवादी मोर्चा नेपालको बैठक  सम्पन्न भएको छ । नेकपा ) एकीकृत समाजवादी ) ,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,  र नेत्रविक्रम चन्द विप्लव  नेतृत्वको नेकपाको समाजवादी मोर्चाको बैठक बालुवाटारमा शनिबार बसेको हो ।

बैठकले चार -चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

Advertisement

यसअघि उसले ६- ६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो। मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहनु भएको छ । समाजवादी मोर्चाको नेतृत्व आलोपालो प्रणालीअनुसार हुनेछ। त्यस्तै शनिबार बसेको बैठकले जिल्ला तहसम्म संरचना बनाउने निर्णय गरेको छ भने बैठकले साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले बताउनु भयो ।