Monday, April 20

प्रदेश मन्त्री जवेगूद्वारा हेवा खोलामा निर्मित बेलिब्रिज उद्घाटन

नेपालअखबार, पाँचथर   मेची राजमार्ग अन्तर्गत फिदिम -४ र हिलिहाङ -७ को सङ्गममा पर्ने हेवाखोला दोभानमा निर्मित बेलिब्रिज उद्घाटन भएको छ ।

कोशी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कमलप्रसाद जवेगूलेबेलिव्रिजको उद्घाटन गर्नुभएको हो ।  उद्घाटन कार्यक्रममा जवेगूले पुल निर्माणका क्रममा खट्ने कामदार र प्राविधिकसँगै जनप्रतिनिधि र सुरक्षाकर्मीलाई धन्यवाद दिनुभयो । मन्त्री जबेगुले बाढीले भत्काएका अन्य पुलहरू पनि चाँडै निर्माण गरिने भन्दै ‘बाढीले भत्काएका अन्य ठाँउका पुलहरू पनि निर्माणका लागि प्रदेश सरकारले कदम चाल्ने उहाँको भनाई थियो ,’ जबेगुले भन्नुभयो  ‘स्रोत साधानले भ्याएसम्म निर्माणका कामलाई अघि बढाउनेछौँ ।’

Advertisement

असार २ गतेको बाढीले पक्की पुल भत्काएर राजमार्ग अवरुद्ध भएको करिब एक महिनापछि बेलीब्रिज निर्माण सम्पन्न भएको हो । बिज्र निर्माण भएपछि आइतबार मध्यान्नदेखि यातायात सञ्चालनमा आयाको थियो । पक्की पुल भत्किएको २९ दिनमा ४८.८० मिटर लम्बाई रहेको ब्रिज निर्माण गरिएको हो ।

ब्रिज सञ्चालनमा आएपछि साना सवारी साधनलाई प्राथमिकतामा राखेर यातायात सूचारु गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो  । ब्रिजमा २५ टन भन्दा बढी भारवाहन भएका सावरीलाई आवतजावत गर्न रोक लगाइएको छ ।

ब्रिज निर्माण सम्पन्न भएपछि मेची राजमार्ग हुँदै ताप्लेजुङतर्फ जाने सवारी साधानहरु सञ्चालनमा आएका छन् ।
बाढीले पक्की पुल भत्काएपछि यातायात सञ्चालन हुन नसक्दा ताप्लेजुङसहित पाँचथरका याङवरक,हिलिहाङ र फालेलुङगाँउपालिका प्रभावित भएका थिए । उक्त स्थानमा सहज रुपमा यातायात आवतजावत गर्न सकेका थिएनन् ।
ताप्लेजुङको भूभागसँगै हेवाखोला पारी पर्ने पाँचथरका फालेलुङहिलिहाङ र याङवरक गाउँपालिकालाई जोड्ने सो स्थानमा रहेको मोटरेबल पुल भत्कीए पछि त्य क्षेत्रमा वासिन्दाले एक महिना सम्म विभिन्न समस्या झेल्नु पर्यो ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वे, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी र सडक डिभिजन इलामका प्रमुख विदुर पोखरेलसहित सर्वसाधारण र राजनैतिक दलका नेता कार्यकर्ताको उपस्थिति थिए ।

बेलिब्रिज निर्माणका लागि सङ्घीय सरकार अन्तर्गतको भौतिक तथा यातायात मन्त्रालयले  सडक डिभिजन इलामलाई जिम्मेवारी दिएको थियो । बेलिब्रिज २ करोड रुपियाँको लगानीमा निर्माण भएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ  ।