Wednesday, May 13

औषधी ब्यवसायी संघ गोरखाको अध्यक्षमा श्रेष्ठ निर्विरोध

गोरखा । नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा संगमबाबु श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

आइतबार सदरमुकाममा भएको संघको तेस्रो अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि पुन अध्यक्षमा चयन भएका हुन् ।

Advertisement

अध्यक्षमा श्रेष्ठसंगै सन्देश मास्के र अयोध्या जोशी गरी तिन जनाको उम्मेदवारी परेपनि अन्तिम समयमा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्षमा विनोद अर्याल, महासचिवमा डा. सन्दिप गोर्खाली, कोषाध्यक्ष गोमा कुमारी भट्टराई ढकाल, उपमहासचिवमा गोकर्ण थापा र उपकोषाध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रतिभा काराखेती, रामहरी विसुङ्के र तेज बहादुर तिवारी निर्विरोध भएको निर्वाचन अधिकृत डिलबहादुर बस्नेतले जानकारी दिए ।

संघका गोरखा शाखा अध्यक्ष संगम बाबु श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख पन्त, संघका केन्द्रिय सचिव यमनाथ पौडेल, केन्द्रिय सदस्य टंक अधिकारी, साविक गण्डकी अञ्चल अध्यक्ष राम बहादुर केसी, संघका तनहू शाखा अध्यक्ष राजु दाहाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाका सभापति भगवानवावु मास्के, संघ गोरखा शाखाका निवर्तमान अध्यक्ष श्रवण कुमार जोशी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *