Saturday, July 4

प्रचण्डमाथि जुत्ता प्रहारबारे छानबिन गर्न समिति

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता हानिएको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा सोमबार तीन सदस्य समिति गठन भएको छ। अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा गठित समितिले पाँच दिनभित्र घटनाको अनुसन्धान गर्नेछ। समितिमा परिसरका प्रवक्ता होबिन्द्र बोगटी र इन्सपेक्टर युवराज तिम्लिसिना सदस्यका रूपमा रहेका छन्। समितिले घटनाको छानबिन र अनुसन्धान गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रतिवेदन बुझाउने छ।

Advertisement

अनुसन्धानपछि जुत्ता प्रहार गर्ने युवकमाथि कारबाही गर्ने वा नगर्ने भन्ने प्रष्ट हुने महाशाखाका एसएसपी थापाले बताए। उनका अनुसार गल्ती भेटिए अभद्र व्यवहारसम्बन्धी सजायअनुसार कारबाही अघि बढ्नेछ। ‘कुन तरीकाले जुत्ता प्रहार गरिएको हो, षड्यन्त्रपूर्ण रहेछ भने अन्य कारबाही हुनसक्छ,’ उनले भने। उनका अनुसार प्रहरीलाई बयान दिँदै रतन तिरुवाले दाहालले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आफूले आवेशमा जुत्ता प्रहार गरेको बताएका छन्।

Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालयले जुत्ता प्रहार गर्ने रतन तिरुवालाई ७ दिन हिरासत राख्न प्रहरीलाई अनुमति दिएको छ। उनीमाथि अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा हिरासतमा राखी अनुसन्धान भइरहेको छ। आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेका थिए। 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *