Thursday, July 16

एकीकृत समाजवादीले बोलायो स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठक

नेपालअखबार, काठमाडाैं। नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)ले सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाएको छ।

Advertisement

एक साता बसेको पार्टी सचिवालयको बैठकको निर्णयलाई मूर्तरूप दिन अझै छलफल आवश्यक रहेको र निर्णयको कार्यान्वयनका लागि सहज होस् भनेर सबै कमिटीको बैठक बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार साउन १५ गते सचिवालय बैठक बस्ने छ। त्यसले स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्ने छ।

Advertisement

उपाध्यक्ष पाण्डेकाअनुसार साउन १६ र १७ गते स्थायी कमिटीको बैठक बोलाइएको छ। त्यस्तै साउन १८ र १९ गते पोलिट्ब्युरो बैठक आह्वान भएको छ। यसैगरी साउन २० र २१ गते केन्द्रीय कमिटीको बैठक तय भएको छ।

‘शुक्रबार टुंगिएको बैठकले गम्भीर निर्णय गरेका छन्। तिनको कार्यान्वयन र जानकारीका लागि सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाइएको छ,’ उनले भने।

पार्टी गठनको २३ महिना बितिसक्दा पनि पार्टी आधारभूत तहसम्म स्थापित हुन नसकेकोमा बैठकमा चिन्ता प्रकट भएको सदस्यले बताएका छन्। मत ट्रान्सफर नहुँदा र गठबन्धन घटक दल इमान्दार नहुँदा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न बञ्चित रहेको निष्कर्षं पनि बैठकमा निकालिएको थियो।

अगामी निर्वाचनमा एक्लै चुनाव लड्न सक्नेगरी पार्टीको संरचना र सामर्थ्य विस्तार हुनुपर्ने निचोड निकाल्दै बैठकले विशेष अभियानको प्रस्ताव गरेको छ। यद्यपि, त्यसको कार्ययोजना भने बन्न बाँकी रहेको छ।

‘कहिले, कसरी र कुन ढंगबाट अभियान चलाउने भनेर केन्द्रीय कमिटीले तय गर्ने छ। अहिले सैद्धान्तिक  निर्णय मात्रै भएको छ। त्यसको खाका केन्द्रीय कमिटीले बनाउने छ,’ पाण्डेले भने।एक सातासम्म चलेको बैठकमा महाधिवेशनबारे पनि छलफल भएको थियो। पार्टी अध्यक्ष माधवकुमार नेपालले आगामी माघको १२ देखि १४ गतेसम्म पहिलो महाधिवेशन प्रस्ताव गरेका छन् भने केही सदस्यले फागुनको १२ देखि १४ गतेसम्मको राय दिएका छन्। दुवै मतलाई मिलाएर महाधिवेशनको मिति तोकिने पनि पाण्डेले जानकारी दिए।