Friday, July 17

पुष्पलालको सपना पूरा गर्न कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य : मन्त्री मोदी

नेपालअखबार, मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

Advertisement

पुष्पलाल स्मारक समितिले मोरङमा आयोजना गरेको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

“पुष्पलालले जुन कुरालाई केन्द्र बिन्दुमा राखेर कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको हो त्यो कुरा प्राप्त गर्ने दिशामा अगाडि बढ्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ,” मन्त्री मोदीले भने ।

Advertisement

उनले पुष्पलालले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको समेत बताए । मन्त्री मोदीले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि अगाडि बढ्नुपर्ने समेत बताए ।

“एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नेे पुष्पलालको सपना साकार गर्नका लागि सबै कम्युनष्टिबीचको एकता अनिवार्य र अपरिहार्य छ” उनले भने, “पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानमा आइपुगेका हौँ, यो गाम्भीर्यतालाई बुझेर नेपालका कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्छ ।”

अर्को प्रसंगमा मन्त्री मोदीले प्रशासकीय र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा आफू लागिरहेको समेत बताए । मन्त्री मोदीले सरुवा प्रणालीलाई पूर्व अनुमानयोग्य बनाउने आफ्नो तयारी रहेको समेत उल्लेख गरे ।

उनले विराटनगरका सडक, खानेपानी, भवन, पुल लगायतका संरचना निर्माणका लागि आफूले सकेको बजेट प्रबन्ध गरेको बताए