Sunday, July 12

स्वास्थ्य मन्त्रालयको कर्मचारीलाई निर्देशन : तोकेको समयमा कार्यालयमा उपस्थित हुनू

नेपालअखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न निर्देशन दिएको छ ।

Advertisement

आइतबार मन्त्रालयले सबै विभाग र अस्पताललाई पत्राचार गर्दै स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्न समेत भनेको छ । साथै, मन्त्रालयबाट समेत समय समयमा अनुगमन तथा निरीक्षण हुने बताइएको छ ।

Advertisement
Advertisement

Advertisement