Saturday, July 4

जोखिम देखिए उडान अवतरणमै रोक लगाउन सर्वाेच्चकाे आदेश

सर्वोच्च आदालतले कोरोनाको भाइरसको गम्भीर मूल्यांकन गरी जोखिम देखिए उडान अवतरणमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ।

Advertisement

अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजालासले सो आदेश जारी गरेको हो।

Advertisement
Advertisement

देशको उत्तर र अन्य सीमाबाट नेपाल प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गर्ने ब्यक्तिहरुको अनिवार्य रुपमा कडाईका साथ दक्ष जनशक्ति सहितको स्वास्थ्य जाँचको प्रभावकारी उपकरणको व्यवस्था गर्न आदेश दिइएको छ।

Advertisement

अन्तरिम आदेशमा ‘कोरोना भाइरसको गम्भीर संक्रमण फैलिएका देशहरु (चीन, जापान, दक्षिण कोरिया, बहराईन इरान आदि) बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको गम्भिरताको सुक्ष्म मूल्याङ्कन गरी आम जनताको स्वास्थ्य सम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने’ भनिएको छ।

आदेशमा ती देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशका रोक लगाउनुको साथै शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्कालै आइसोलेसन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था मिलाउन भनिएको छ।

अदालतले कोरोनाको कारणबाट बजारमा दैनिक अपभोगका अत्यावश्यक खाद्यान्य लगाएतका चीज वस्तुहरुको अभाव हुन नदिन आदेश जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *