Saturday, May 2

नाइजरमा कू : अब्दुरहमानेद्वारा आफूलाई नेता घोषणा

नेपालअखबार, नाइजर । नाटकीय ‘कू’ पछि जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा गरेका छन् । ओमार चिआनी भनेर पनि चिनिने उनले बुधबार आफ्नो नेतृत्वमा रहेको राष्ट्रपतिको गार्ड यूनिटलाई प्रयोग गरेर राष्ट्रपतिलाई नै नियन्त्रणमा लिँदै कू गरेका थिए

सत्ताच्यूत गरिएका राष्ट्रपति मोहमद बाजुम देशले सन् १९६० मा स्वतन्त्रता हासिल गरेपछि एक निर्वाचित राष्ट्रपतिलाई प्रतिस्थापन गर्ने पहिलो निर्वाचित राष्ट्रपति रहेका थिए । बाजुम हाल आफ्नै गार्डहरूको नियन्त्रणमा रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था ठिक रहेको जानकारी दिइएको छ ।

Advertisement

बाजुम सो क्षेत्रमा इस्लामी चरमपन्थीविरुद्धको लडाईंमा पश्चिमा राष्ट्रहरुको प्रमुख साझेदार थिए । पूर्व साम्राज्यवादी शक्ति फ्रान्सले कू गरेका नेताहरूलाई नचिन्ने र बाजुमलाई नै देशको प्रमुखका रूपमा चिन्ने स्पष्ट पारेको छ । अफ्रिकी युनियन, दक्षिण अफ्रिका रिजनल ब्लक, यूरोपिनय युनियन र संयुक्त राष्ट्रले पनि कूको भर्त्सना गरेको छ ।

यता, रुसको वाग्नर समूहले भने कू को प्रशंसा गर्दै यसलाई जीतको रूपमा व्याख्या गरेको छ । टेलिग्राम च्यानलमा एक भिडियो जारी गर्दै येभगेनी प्रिगोजिनले यसलाई साम्राज्यवादीहरुविरुद्ध नाइजेरियाको जनताको संघर्ष बताएका छन् । –बीबीसी