Saturday, July 4

प्रस्तावित ६ राजदूतविरुद्ध ५ वटा उजुरी

नेपालअखबार,काठमाडौं । विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतमाथि ५ वटा उजुरी परेको छ ।

Advertisement

सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा पाँच वटा उजुरी परेको समितिका निर्मलादेवी लामिछाने (वस्ती)ले जानकारी दिइन् ।

Advertisement
Advertisement

उनका अनुसार एउटा रित नपुगेको उजुरी पनि प्राप्त भएको छ । तर त्यसलाई उजुरीमा गणना गरिएको छैन । उनका अनुुसार सामूहिक रुपमा उजुरीहरु परेका छन् ।

Advertisement

गत साउन ३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिन भित्र उजुरी दिन आश्वान गर्ने निर्णय गरेको थियो । प्राप्त उजुरीहरु उपर छलफल गर्न मंगलबार सुनुवाइ समितिको बैठक राखिएको छ ।

उजुरीउपर अध्ययन गरेपछि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुनेछ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईलाई सिफारिस भएका छन् ।

सरकारले सिफारिस गरेका राजदुतको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।