Friday, February 20

ट्रेड युनियन आन्दोलनका अगुवाहरू सम्मानित

नेपालअखबार, काठमाडौं नेपालको ट्रेड  युनियन आन्दोलनका ३ जना अगुवाहरू सम्मानित हुनु भएको छ । मनोज झपेन्द्र स्मृति प्रतिष्ठानले नेपालको ट्रेड  युनियन आन्दोलनका अगुवाहरू सीताराम नेपाल ,विश्वनाथ प्याकुरेल र मोहन बहादुर केसी सम्मानित हुनु भएको हो ।

सम्मानित हुनु भएका नेपाल नेकपा एकीकृत समाजवादी अन्तर्गतको राजकीय मामिला विभागका सचिव तथा अनुशासन आयोगका सचिवालय सदस्य हुनुहुन्छ । त्यसैगरी प्याकुरेल पार्टीको स्थायी कमिटी सदस्य र केसी पार्टीको सल्लाहकार परिषद सदस्य रहनु भएको छ ।

Advertisement

मनोज झपेन्द्र स्मृति प्रतिष्ठानले मंगलबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ट्रेड  युनियन आन्दोलनका अगुवाहरूलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मानित गर्नु भएको हो ।

पञ्चायती शासन कालबाट नेपालमा ट्रेड  युनियन आन्दोलन मार्फत सरकारी कर्मचारीहरूको अगुवाइ गर्दै ट्रेड  युनियन अधिकार दिलाउन लागी पर्नुभएका उहाँहरूलाई सम्मान गरिएको मनोज झपेन्द स्मृति प्रतिष्ठानका अध्यक्ष मोहनकुमार घिमिरेले बताउनु भयो ।