Thursday, May 7

देश बनाउने सवालमा हामी इमान्दार बन्न सकेका छैनौँः अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं  । नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश बनाउने सवालमा हामी इमान्दार बन्न नसकेको बताउनु भएको छ ।

मंगलवार काठमाडौंमा अनेरास्ववियूले एस इ इ पास गरेका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको  कार्यक्रमा सम्बोधन गर्दै उहाँले सबै नेताहरु बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताउनुभएको हो। उहाँले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने बताउनुभयो। उहाँले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको भन्दै नेपालले कुनै पनि कार्य गर्न इमानदारिता मुख्य कुरा रहेको बताउनु भयो ।

Advertisement

पहिलो कुरा इमान्दारीता हो आफूप्रति इमान्दार हौं। आफ्नो पढाइप्रति इमान्दार हौं। र, मिहिनेती बनौ अध्यक्ष नेपालले भन्नुभयो ।
इमान्दार र मेहनती भयो भने जस्तो सुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ। अल्छी हुनुहुँदैन, ढाँट्नु हुँदैन, छलछाम गर्नु हुँदैन। हामी आफ्नो देश बनाउन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न खडा भएको छ। हाम्रो स्वाधिनता र सम्मानमा ठेस लाग्ने काम भयो भने नेपालीलाई त्यो स्वीकार्य हुँदैन।

समुदायमा विद्यमान विभेदका विरुध्दमा  अन्याय, अत्याचार र  थिचोमिचो भयो भने अनि एउटाले अर्कोलाई विभिन्न हिसाबले   हेला गर्ने  प्रवृत्तिले पनि देशको उन्नति र  प्रगति हुन नसक्ने उहाँको भनाई थियो ।’’