Friday, July 17

माओवादी केन्द्रीय समिति बैठक सुरू

नेपालअखबार, काठमाडाैं।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ।

Advertisement

कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेपछि बैठक सुरू भएको हो।

Advertisement
Advertisement

आजको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि आ-आफ्नो धारणा र सल्लाहसुझाव राख्ने क्रम जारी रहनेछ।

Advertisement

बुधबारदेखि सुरू भएको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका थिए।

हिजो सो प्रतिवेदनमाथि १८ जना केन्द्रीय सदस्यहरूले धारणा तथा सल्लाहसुझाव राखिसकेका छन्।

हिजै अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा २४ ‍महिला सदस्य थप गरी ४०९ पुर्‍याउने गरी विधान संसोधनको प्रस्तावलाई बैठकले पारित गरिसकेको छ।

बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरूले संगठनको आकार सानो बनाउने अध्यक्षको प्रतिवेदनमा भनिएको तर पहिलो दिन नै संख्या थप गरेर ४०९ सदस्यीय पुर्‍याइनु आफैंमा विरोधाभासपूर्ण रहेको बताएका थिए।

केही केन्द्रीय सदस्यहरूले प्रचण्डको सचिवालयमा परिवारका सदस्य राखिएकोप्रति प्रश्न उठाएका थिए।