५५ ग्राम हेरोइनसहित २०१९ मा मृत्युदण्डको सजाय सुनाइएका युवा मोहम्मद सल्लेह अदुल लतिफ रहेको छ, जसलाई बिहिबार फाँसी दिईएको हो ।
Advertisement
Advertisement
केन्द्रीय नार्कोटिक्स ब्यूरो (सिएनबी) ले एक विज्ञप्तिमा दोषीलाई बिहीबार सजाय सुनाएको जनाएको छ। अदालतका कागजातका अनुसार मोहम्मद सालेहले २०१६ मा पक्राउ गर्नुअघि डिलिवरी चालकको रूपमा काम गरेका थिए। सुनुवाइका क्रममा उनले आफूले लागुऔषध तस्करी नभई साथीको निर्देशनमा चुरोट पु¥याइरहेको दाबी गर्दै आएका थिए ।
Advertisement
कोभिड–१९ को महामारीमा दुई वर्षको ब्रेकपछि २०२२ को मार्चमा सरकारले फेरि देशमा मृत्युदण्डको सजाँय सुरु गरेको छ । जसका कारण अहिलेसम्म १६ जना दोषीलाई मृत्युदण्ड दिइएको छ । योसँगै अदुल लतिफ यो वर्ष सजाय पाउने पाँचौं कैदी बनेका छन् ।
गत शुक्रबार (जुलाई २८)मा लागुऔषध ओसारपसार गरेको अभियोगमा ४५ वर्षीया महिलालाई फाँसी दिइएको थियो । यो फाँसीसँगै सिंगापुरमा एक महिलालाई झण्डै २० वर्षपछि मृत्युदण्डको सजाय सुनाइएको हो ।
उल्लेखनीय कुरा के छ भने, सिंगापुरमा लागुऔषध सम्बन्धी अपराधका लागि मृत्युदण्डको सजाय खारेज गर्न लामो समयदेखि माग हुँदै आएको छ। सबै मानवअधिकारवादी संगठनले मृत्युदण्डको विरोध गरिरहेका छन् ।
यस्तो अवस्थामा दुई साताभित्र तीन दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ४५ वर्षीया महिलालाई फाँसी दिएको दुई दिनअघि (जुलाई २६ गते) करिब ५० ग्राम हेरोइन तस्करी गरेको आरोपमा मोहम्मद अजिज बिन हुसेन नामका ५७ वर्षीय पुरुषलाई फाँसी दिइएको थियो।