Monday, June 1

मधेसलाई खडेरी क्षेत्र घाेष्णा गरि किसानलाई तत्काल राहत दिनु पर्ने : अध्यक्ष महन्थ ठाकुर

नेपालअखबार, काठमाडाैं । वर्तमान समयमा मधेशमा देखा परेकाे समस्यालाई राज्यले तत्काल सम्वाेधन गर्नु पर्ने भएता पनि सरकार आफै अल्मलिदा मधेशका जनताले दुख  पाए रहेकाे लोकतांत्रिक समाजबादी पार्टि अध्यक्ष महन्थ ठाकुरकाे भनाइ रहेकाे छ । मधेश प्रदेशमा याे बेला प्राकृतिक प्रकाेपले गर्दा सुख्खा खडेरी,  गाइ वस्तुमा लम्पी  राेगकाे प्रकाेप र जनतामा खाद्यान्नकाे अभाव रहेकाे नेपालअखबारलाई  जनकारी दिएकाछन् ।

सरकारले मधेश प्रदेशलाई कर संकलनका लागि मात्र चासाे दिने हाेइन जनताकाे घरमा चुलाे बलेकाे छ कि नाइ खाचाे लिन पर्ने अवस्था  आएकाे छ । अहिले सिमा क्षेत्रमा बसाेबास गर्ने जनताले सरकार र राज्यकाे अनुभूित गर्न सकेका छैनन् । दैनिकि गुजाराका लागि मुश्किल रहेकाे अवस्था छ ।  याे माैसममा पनि जनताले पिउने पानी पाउन सकेका छैनन् । दालचामल जस्ता अति आवश्यक रहेका खाद्यान्न काेअभाव भाेग्नु परेकाे छ । सरकारले सिमापारिवाट रू एक सय भन्दा बढिकाे समान खरिद गर्न राेक लगाए पछि सिमाकाे नजिक बसाेबास गर्ने जनतालाई निकै कष्ठ भएकाे बताए ।

Advertisement

नेपाल सरकारले मधेशकाे भूमिलाई आफ्नाे  भनि जसरी स्वामित्वमा लिएकाे छ त्यसरी नै त्यहाँकाे जनतालाई अपनाउन नसकेकाे भन्दै अध्यक्ष ठाकुरले दुख व्यात्त गरेका छन्  । नेपालकाे संविधानले दिएकाे अधिकार मधेशी जनताले पूर्वरूपमा अनुभूित गर्न नसेकाे अध्यक्ष ठाकुरकाे दावी रहेकाे छ । मधेश प्रदेशकाे नागरिक हुँ भन्ने वितिकै  कर्मचारी तन्त्रले हेर्ने दृष्टिकाेणमा नै  भिन्नता रहेकाे अध्यक्ष ठाकुरले बताए । क्षेत्र, भूगाेल, जात, धर्मका कारण  आज पनि जनतालाई गर्ने विभेद कायम नै रहेकाे छ । संविधानले दिएकाे माैलिक अधिकार  आज पनि व्यवाहारमा  आउन नसकेकाे बताए । कमर्चारी तन्त्रकाे चेन अफ कमानका कारणले गर्दा पनि  मधेश प्रदेशका राज्यले दिएका सुविधा पाउन सकेका छैनन् जनताले ।

निकै लामाे समयक संघर्ष पछि नागरिता विधेका पास भयाे , अब नेपाली नागरीता पाउन नेपाली हुँ भनि जनताले पहिचान दिन पाउने भए पनि खुसि हुने दिन आएक भनि साेच्न मात्र थाल्दै थिए मधेशका जनताले तर दुख साथ भन्न पर्छ पैसा भन्दा केहि चिनेन् कर्मचारीले प्रति व्याति १० देखि ६० हजार सम्म जनता सगं पैसा लिएकाे अध्यक्ष ठाकुरकाे दाबी रहेकाे छ । यस विषयमा थप जाेड्दै भन्नु हुन्छ । राज्यले दिएकाे निशुल्क सुविधा लिन जादा पनि सरकारी कर्मचारीलाई पैसाकाे सलामी चाहिने कस्ताे निति हाे याे ? भन्दै सरकारलाई  प्रश्न गरेका छन् ।

मधेश प्रदेशका सबै समस्या तत्काल सरकारले सम्बाेधन गर्नु पर्छ  सुख्खा क्षेत्र घाेष्ण गरेर किसानलाई राहत दिनु पर्ने अध्यक्ष ठाकुरले भनाइ रहेकाे छ । पानी समयमा नपाउँदा किसानले धान रोपाइँ गर्न पाएएका छैनन् । किसानले खेति नै गर्न नसके पछि कसरी जिवन जिउने भन्दै सरकारलाई  प्रश्न गरेका छन् ।

लम्पी स्किनका कारण सबैभन्दा बढी गाई÷गोरुको मृत्यु भएको देखिन्छ । मधेश प्रदेशमा मृत्युभएका २ हजार २५ पशुमा  भैसी÷राँगा छन् भने २ हजार १९ वटा गाई÷गोरुको मृत्यु भएको छ भने रोग लागेका पशुमा दुध उत्पादनमा ह्रास आएको छ । यस राेगका कारण पशुहरुमा बाँझोपनको पनि समस्या आउँछ । पशुहरु कमजोर हुँदै जान्छ । मधेस सरकारले ६४ हजार मात्रा खोप खरिद गरेको छ ।  सबै किसानहरूकाे खाेपमा पहुँच नभएकाे अध्यक्ष ठाकुरले बताए । जनताकाे समस्या समयमा नै समाधान हुन पर्नेमा जाेड् दिएका छन् । मधेशमा राम्राे संग खेति हुन नसक्दा नेपाली जनताकाे घरकाे चुलाेमा सम्म असर पर्न सक्ने हुदाँ समयमा नै सरकाले किसानका लागि राहतकाे प्याकेज लिएर  आउनु पर्ने बताए ।

देशभरि बेराेजगारी समस्या रहेकाे बताउदै आफ्नाे पार्टीकाे नेतृत्वमा श्रम तथा राेजगार मन्त्रालय भएता पनि कर्मचारीहरूकाे जालकाे कारण चाहे अनुसार काम गर्न नसकेकाे अध्यक्ष ठाकुरले जानकारी दिएका छन् ।

अहिले पनि आफ्नाे पार्टीले मधेशी जनता र तिनकाे समस्याहरूकाे बारेमा संघर्ष गर्दै आएकाे बताए । हाम्राे पार्टीले लिएकाे विचार र जनताका अधिकारका लागि निरन्तर संघर्ष गर्ने  अध्यक्ष ठाकुरले बताए ।