Sunday, May 10

मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउनु पर्ने : सांसद अब्दुल खान

नेपालअखबार, काठमाडाैं । जनमत पार्टीका सांसद तथा उपाध्यक्ष अब्दुल खानले सरकारले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउनु पर्ने मागसहित सम्माननीय प्रधानमन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाइएका छन् । अहिले मधेश प्रदेशमा बसाेबास गर्ने जनताले पानीकाे अभावमा  कष्ठकर जिवन बिताउन बाध्य भएका छन् । यस कारण सरकारले तत्काल नै मधेश प्रदेशलाई सुख्खा क्षेत्र घाेषणा गर्नु पर्ने माननीय सांसद खानले जानकारी दिएका छन्

ज्ञापन पत्रका मागहरू:-
१. मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नु पर्ने
२. विरगंज सहितका सुख्खा क्षेत्रका जनतालाई घर-घरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नु पर्ने
३. सुकेका बालीनालीको उचित क्षतिपूर्तीको व्यवस्था गर्नु पर्ने
४. सिचाईको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नु पर्ने
५. पानीको अभावले विरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्नेखडेरी सहितका प्राकृतिक प्रकोपहरुको दिगो नियन्त्रणको योजना बनाएर सार्वजनिक गर्नु पर्ने
 

Advertisement