Thursday, July 16

आइप्यानको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित

नेपालअखबार, काठमाडौँ। अन्तराष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित हुनु भएको छ।

Advertisement

शुक्रबार राजधानीमा आयोजित साधारण सभाले केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यसमेत रहेका केसी अध्यक्ष, वरिष्ठ उपाध्यमा समिर थापा, उपाध्यक्षमा मिथिलेशकुमार झा, महासचिव विज्ञान श्रेष्ठ, सचिवमा रेष्टा झा, रितल राणा र कोषाध्यक्षमा शैलजा अधिकारी निर्वाचित हुनु भएको छ।

Advertisement
Advertisement

सदस्यहरुमा तेज ढकाल, योगेश उप्रेती, प्रभिना थापा  र रवि फुयाँल, कार्यसमितिको सल्लाहकारमा पूर्व अध्यक्ष पंकज जलान र समिर थापालाई चयन गरेको छ। नवनिर्वाचित अध्यक्ष केसीले आउँदो दिनमा संस्थालाई थप व्यवस्थित र व्यावसायीक बनाउने  प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

Advertisement