Thursday, July 16

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

नेपालअखबार, काठमाडाैं। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

Advertisement

केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

Advertisement
Advertisement

‘कार्यसूचीमा आधारित भए पनि स्थायी कमिटी सदस्यहरूलाई आफूलाई लागेको कुरा निर्धक्क भन्न समय दिएका छौं  ‘हिजो करिब १८ जनाले आफ्ना कुरा राख्नु भयो।’

Advertisement

आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने खतिवडाले बताए।

‘सबैले नेतृत्वले गरेन, गरेन भन्छन्, गर्नुपर्ने कुरा के हो त? आफ्ना कुरा राख्नुस् भनेका छौं। पोलिट्ब्युरोसम्मै हामी यसरी छलफल गर्छौं। त्यसै आधारमा प्रस्ताव बनाएर केन्द्रीय कमिटीमा लैजान्छौं,’ उनले भने।

शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेको स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङले जानकारी दिए। त्यस्तै महाधिवेशनबारे पनि छलफल भएको उनले बताए।

‘अध्यक्ष, महासचिवलबाट माघभित्रै महाधिवेशन गर्न सकिनेगरी प्रस्ताव आएको छ। स्थायी कमिटी सदस्यहरूले पनि यथाशीघ्र महाधिवेशन गर्नुपर्ने आवाज उठाएका छन्। त्यस्तै राजनीतिक कार्यदिशा र समाजवादी आन्दोलनमा पार्टीको प्रष्ट दृष्टिकोण तय गरेर जानुपर्ने कुरा उठेको छ,’ उनले भने।

एकीकृत समाजवादीले ३५ सदस्यीय पदाधिकारी बनाएको थियो। त्यसमध्ये नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडेर गइसकेका छन्।