Friday, July 17

पार्टीको अबको मुख्य कार्यभार राष्ट्रिय महाधिवेशन : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको अबको मुख्य कार्यभार राष्ट्रिय महाधिवेशन रहेको बताएका छन् । पाटी स्थायी कमिटीको बैठकको समापन गर्दै अध्यक्ष नेपालले पार्टीको राष्ट्रिय महाधिवेशनमा ध्यान दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

Advertisement

दुई दिन बसेको स्थायी कमिटी बैठकको नेताहरूले राखेका धारणाको जवाफ दिँदै बैठकमा उठाइएका महत्त्वपूर्ण  विषयलाई केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने प्रतिवेदनमा समावेश गर्नेगरी बैठकको समापन गरेको हुन् ।

Advertisement
Advertisement

उनले भने, ‘हाम्रो शक्ति कमजोर होइन, छैन र यो पार्टीसँग सशक्त वैकल्पिक शक्ति बन्ने निकै राम्रो ग्राउन्ड छ । हामी भन्दा विचार र व्यवहारमा अरू को उत्कृष्ट छ ? विद्रोहको औचित्य पुष्टि भएको छ । यसलाई संख्यामा तुलना गर्न हुँदैन । संख्या बढ्न समय लाग्छ । अबका दिनमा हाम्रो संख्या बढाउन काममा केन्द्रीत गरिरहेका छौँ ।’

Advertisement

अध्यक्ष नेपालले जनता र देशको हित नै पार्टीको काम भएको बताए ।

आजको बैठकमा माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुषाल, शिभ ब देउजा, रत्नेश्वर गोइत, बलराम  बासकोटा, रामपृत  पासमान, भानुभक्त जोशी, विरोध खतिवडा, लक्स्मण पौडेल, उर्बादत्त पन्त, देव सिङ महत, माधव पौडेल, गोबिन्द कोइराला, साध्य भण्डारी, तुल बहादुर गुरुङ, आलोक रायमाझी, साबित्रा भुसाल, भविश्वर पराजुली, भरत श्रेष्ठ, शत्रुधन महतो, सारदा प्रसाद सुवेदी, गरिमा शाह, कल्याणी खडका, राम चन्द्र यादव, बन्शिधर मिश्र, नागेन्द्र  चौधरी, जीवनराम श्रेष्ठ र रामकुमारी झाक्रिले धारणा राखेकाे पार्टी प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीको पोलीट ब्युरो बैठक भदौ ३ देखि ४ गते र केन्द्रीय कमिटीको बैठक भदौ ५ देखि ७ गतेसम्म बस्दैछ ।