Thursday, July 16

कैलालीमा बाढीमा फसेका ६ जनाको उद्धार

नेपालअखबार, धनगढी। कैलालीमा गोदावरी नदीको बाढीमा फसेका ६ जनाको उद्धार गरिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार गोदावरी नदीमा राति एक्कासि बाढी आएको थियो।

Advertisement
Advertisement

राति साढे १० बजेको समयमा आएको बाढीका कारण तटीय क्षेत्रमा बस्दै आएकाहरू बाढीको चपेटामा परेका थिए।

Advertisement

नदीको दुई भँगालाको बीचमा अड्एिकाहरूलाई करिब ११ बजे उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

११ जनाको प्रहरी टोलीसँगै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरूको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीले जानकारी दिए।

नदीमा फसेकाहरूको सकुशल उद्धार गरिएकाले मानवीय क्षती नभएको प्रहरीले बताएको छ। बाढीका कारण त्यस आसपासका क्षेत्रमा भौतिक क्षति भने भएको छ। त्यसको विवरण संकलन भइरहेको प्रहरीले बताएको छ।