नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा असन्तुष्ट पक्षले समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्य थप गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर समितिको घोषणाको तयारी गरेको हो ।
सभापति देउवाले २०७८ चैत ९ गते नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । अध्यक्ष मनोनीत गरेका १६ महिनापछि केन्द्रीय समितिमा ७ सय १० जनालाई मनोनीत गरिए पनि नेविसंघमा विवाद देखिएको हो ।
Advertisement
केन्द्रीय समितिमा छुटेका विद्यार्थी नेताहरूले सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेको भन्दै आज दिउँसो पार्टी कार्यालय सानेपामा भेला बोलाएका हुन् ।