Monday, April 20

दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाण्डौ लगियो (फोटो सहित)

गाेरखा । आरुघाट गाउँपालिकाको मान्बु गाउँ नजिकै धोर्चेत जंगलमा भएको जीप दुर्घटनामा परेर घाइते भएकी धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङ सहित ७ जनालाई हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको छ ।

बुधबार राती दुर्घटनामा परेका उनिहरुलाई बिहिबार बिहान करिब ९ः३० बजे सेनाको हेकिोप्टर मार्फत काठमाण्डौको नर्भिक अस्पताल लगिएको घटना स्थलमा रहेका नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापति भगवानबाबु मास्केले सिभिलखबरलाई जानकारी दिएका छन् ।

Advertisement

दुर्घटनामा परी धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको भने घटनास्थलमै ज्यान गएको बताइएको छ । उनि लमजुङका स्थायी बासिन्दा हुन ।

घाइते हुनेमा उपप्रमुख गुरुङ सहित, चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिं गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए ।

काशीगाउँमा धार्चे गाउँपालिकाले बिहिबार राखेको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष र कर्मचारीको सहितको टोली जादै गर्दा राती करिब १० बजे ग १ ज ५५०५ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

तस्विर सौजन्य ः सुवास घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *