Monday, August 10

गौरबका आयोजना निर्माणमा ढिलाई नगर्न मन्त्री ज्वालाको निर्देशन

नेपालअखबार, काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौं–तराई-मधेश द्रुत मार्ग (फाष्ट ट्रयाक) किन फाष्ट रूपमा बन्न सकेन भन्दै प्रश्न गनु भएको छ।

Advertisement

शुक्रवार मन्त्रालयमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायत राष्ट्रिय गौरबका आयोजनाका प्रमुखहरुलाई निर्देशन दिने क्रममा मन्त्री ज्वालाले सेनाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको हो।

Advertisement
Advertisement

उहाँले भन्नु भयो, ‘नेपाली सेनाबाट सडक निर्माणका क्षेत्रमा प्रसंशनीय कामहरू भइरहेका छन्। तर, नेपाली सेनाले हाल बनाइरहेको फास्ट ट्रयाकको काम किन फास्ट रुपमा हुन सकेन?’ राष्ट्रिय गौरबका आयोजना, रुपान्तरणकारी योजना र अन्य महत्वपूर्ण योजनाहरुलाई युद्धस्तरमा काम गर्न ज्वालाले निर्देशन दिनु भयो।

Advertisement

वर्षौ पहिले निर्माणका काम थालिएका योजनाहरु पटक–पटक म्याद थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश गएको भन्दै मन्त्री ज्वालाले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न निर्देशन दिनु भएको हो।

अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडी बढ्ने र एकपटक समिक्षा गर्ने नीति लिएर निर्माण कार्यमा लाग्न जरुरी छ’ मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले भने, ‘प्रत्येक चौमासिकमा योजनाहरुको अनिवार्य समिक्षा गर्न चलन बसालौ, त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ।’