Saturday, May 23

तनहुँको आँबुखैरेनीमा पृथ्वीराजमार्ग अवरुद्ध

नेपालअखबार, तनहुँ । शनिबार दिनभरको वर्षाका कारण खसेको पहिरोले तनहुँको आँबुखैरेनीमा  पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

साँझ ६:२५ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको छ र खुलाउन प्रयास भइरहेको छ ।

Advertisement