Saturday, April 11

कोरोनाको त्रास : गोरखा अस्पतालमा एसी सहितको आइसोलेशन कक्ष

गाेरखा । पछिल्लो समय देशमा कोरोना भाइरसको त्रास बढ्दो छ । चिनको वुहानबाट सुरु भएको कोरोना हाल विश्वका लागि चुनौती समेत बनेको छ ।

नेपालमा हालसम्म एक जनामा पनि कोरोना भाइरसमा संक्रमित नदेखिएपनि सरकारले पूर्वतयारीलाई ब्यापकता दिएको छ ।

Advertisement

यता कोरोना संक्रमितको आशंका लागेकालाई उपचार गर्न गोरखा अस्पतालले पूर्वतयारी थालेको छ ।

शंकास्पद बिरामी भेटिएमा छुट्टै कक्षमा राखेर उपचार गर्न गोरखा अस्पतालले आइसोलेशन वार्ड तयार गरेको सूचना अधिकारी कृष्ण ढकालले जानकारी बताए ।

सुरुवाती चरण भएकाले तत्कालका लागि २ वटा कोठाबाट सो वार्ड सुरुवात भएको उनले बताए । सो वार्डहरु सुविधासम्पन्न रहेका छन् । एसी, अट्याज बाथरुम सहितका सो वार्डमा शंकास्पद विरामीलाई राखिनेछ ।

त्यस्तै उपचारका लागि अस्पतालले इमर्जेन्सी मेडिकल टिम समेत बनाएको छ ।

अस्पतालका डाक्टर सन्तोष बास्तोलाको नेतृत्वमा रहेको मेडिकल टिममा मेडिकल सर्जरी बिभागका डाक्टर गणेश श्रेष्ठ, डाक्टर विनोद दुवाडी, इमर्जेन्सीका डाक्टर कमलराज रोका, ओपिडि बिभागका स्वास्थ्य सहायक कृष्ण ढकाल रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *