Monday, July 6

सार्वजनिक स्थानमा धूमपान रोक्न स्थानीय तहलाइ सरकाकाे निर्देशन

काठमाडौं । सरकारले सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ स्थानीय तहलाई पत्र लेख्दै सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निधेषलाई कार्यान्वयन गराउन निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आग्रहमा देशभरका सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थलाई पूर्ण निधेष गर्न भनिएको छ।

Advertisement

मन्त्रालयको निर्देशनअनुसार अब स्थानीय तहहरूले आ–आफ्ना नगरपालिका/गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान निषेध गरिएको र त्यससम्बन्धी कारबाहीको जानकारी दिन अनिवार्य रूपमा होर्डिङ बोर्ड राख्नुपर्नेछ। ‘कानुनले सार्वजनिक स्थानमा धुम्रपान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्न रोक लगाएको छ तर सार्वजनिक स्थलमा सर्वसाधारणलाई निषेधबारे जानकारी हुनेगरी सूचना टाँस नगरिएको जनगुनासो छ,’ निर्देशनमा भनिएको छ, ‘स्थानीय तहअन्तर्गतका सबै कार्यालयमा कानुनद्वारा निर्दिष्ट सूचनाहरू पर्याप्त मात्रामा देखिनेगरी टाँस गर्ने व्यवस्था मिलाउन सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति अनुरोध गर्छ।’

Advertisement
Advertisement

यो निर्णयसँगै अब सबै स्थानीय तहले सर्वसाधारणलाई जानकारी हुनेगरी आ–आफ्नो कार्यालय र स्थलमा धूमपान र सूर्तीजन्य निषेधसम्बन्धी सूचना स्पष्टसँग देखिनेगरी राख्नुपर्नेछ। यो निर्णयसँगै अब कसैले सरकारी वा सार्वजनिक कार्यालय, विद्यालय, कलकारखाना, मठमन्दिर, डिपार्टमेन्ट स्टोर, रंगशालालगायत धेरे मान्छे भेला हुने ठाउँमा धूमपान र सुर्ती सेवन गर्न पाउनेछैनन्।

Advertisement

मन्त्रालयले कसैले अटेर गरी सार्वजनिक स्थलमा धूमपान र सुर्तीजन्य पदार्थ सेवन गरेको पाइए निजलाई उक्त ठाउँबाट निकाल्ने र सय रुपैयाँसम्म कारबाही गर्न निर्देशन दिइएको छ। यदि कुनै कार्र्यालयले सार्वजनिक स्थलमा धूमपान सेवन निषेधबारे सूचना टाँस नगरे जिम्मेवार व्यवस्थापकलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गर्नसमेत निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *