Thursday, July 30

६ नदीमा जलसतह उल्लेख्य बढ्ने, यी जिल्लामा बाढी आउन सक्ने

नेपालअखबार, काठमाडाैं। १० जलाधार अन्तर्गतका केही नदीहरूमा आज जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

Advertisement

बाढी पूर्वानुमान् महाशाखाका अनुसार दुधकोशी नदी रवुवाबजारमा, सुनकोशी नदी हम्पचुवारमा, कर्णाली नदी असाराघाटमा, भेरी नदी समजिघाटमा र महाकाली नदी पारिगाउँमा उल्लेख्य बढ्ने सम्भावना छ।

Advertisement
Advertisement

आज बिहानको मापनअनुसार कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तरै र सामान्य अवस्थामा छन्।  कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसापास छ।

Advertisement

महाकाली नदीको जलसतह भने खतरा तह आसपास रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पाँचथर, ईलाम, झापा, संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वनुमान छ।

जलसतह बढ्ने र आकस्मिक बहाव आउन सक्ने नदी तथा खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।