Wednesday, July 29

किसानलाई राहत दिनका लागि कार्यविधि बनाउने तयारीमा छौं: मन्त्री भुसाल

नेपालअखबार, काठमाडौँ। कृषि तथा पशुपन्क्षी मन्त्री डा.बेदुराम भुसालले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसकिने बताउनु भएको छ।

Advertisement

बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि समितिमा बोल्दै मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानका लागि क्षतिपूर्ति दिन नसके पनि राहत दिनका लागि कार्यविधि बनाउने काम भइरहेको जानकारी दिनुभयो।

Advertisement
Advertisement

मन्त्री भुसालले भन्नुभयो, ‘पशुको मृत्यु भएकालाई क्षतिपूर्ति दिन त सक्ने अवस्था त छैन। यसबारे प्रधानमन्त्री ज्युसँग पनि कुरा भएको छ। क्षतिपूर्ति दिन नसके पनि राहत दिनका लागि आधार र मापदण्ड सहितको कार्यविधिको मस्यौदा बनाएको छ। त्यो पारित भएपछि राहत दिने काम अघि अघि बढ्न सक्छ।’

Advertisement

गत चैत महिनादेखि पश्चिम नेपालबाट लम्पी रोगको सङ्क्रमण फैलिएको बताउँदै हालसम्म १३ लाख ५ हजार पशु सङ्क्रमित भएको जानकारी गराउनु भयो। जसमध्ये १० लाख हाराहारी सङ्क्रमण मुक्त भएको, ४७ हजार ६ सय ४९ पशुको मृत्यु भएको जानकारी दिनु भएको छ।

टर्कि, तान्जानियाबाट १३ लाख ६९ हजार  डोज भ्याक्सिन ल्याएको र ६ लाख पशुलाई भ्याक्सिन दिइएको मन्त्री भुसालको भनाई छ।  मन्त्री भुसालले रोग निरन्तर देखिने भएकोले नेपालमै खोप उत्पादन गर्नेतिर लाग्नुपर्ने, त्यसका लागि सिडभाइरस ल्याएर नेपालमै खोप उत्पादन तिर लाग्ने योजना रहेको बताउनु भयो।

लम्पी स्किन संसारमा नयाँ रोग रहेको बताउँदै नेपालमा २०७७ सालमा देखिएको बताउनु भयो। यसअघि पहिले नै भारत र चीनमा यो रोग फैलिएको बताउँदै उहाँले त्यहाँ गरिएको नियन्त्रणबाट शिक्षा लिन नसक्दा नेपालमा क्षति बेहोर्नु परेको बताउनु भयो।

मन्त्री भुसालले मन्त्रालयले पशु स्वास्थ्य चिकित्सक सहित ७ प्रदेशमा टोली पठाएर रोगको बारेमा जानकारी दिने र उपचार कसरी गराउने भन्ने बारेमा जानकारी दिने गरेको बताउनु भयो।