Tuesday, July 28

समाजवादी सहकारी संगठन बागमतिको अध्यक्षमा केशब दंगाल

नेपालअखबार, काठमाडाैं। एकीकृत समाजवादीको भातृ संगठन समाजवादी सहकारी संगठनको बागमती प्रदेश कमिटीको अध्यक्षमा केशब प्रसाद दंगाल चयन भएका छन्।

Advertisement

आज एकीकृत समाजवादीको केन्द्रिय कार्यालयमा भएको बागमती प्रदेशका १३ जिल्लाका सहकारी संचालकहरुको भेलाले दंगालको अध्यक्षमा ३५ सदस्य कमिटी गठन गरेको हो।सो कमिटिको उपाध्यक्षमा निरु खरेल,सचिवमा बसन्त माली,कोषाध्यक्षमा नर बहादुर श्रेष्ठ र सहसचिवमा रेशमलाल श्रेष्ठ चयन भएका छन्। नेकपा एसका उपाध्यक्ष एवम् कृषि मन्त्री बेदुराम भुषाल प्रमुख अतिथी रहेको सो भेलामा उक्त पार्टिका सहकारी बिभागप्रमुख लगायतले आफ्नो बिचार राखेका थिए।

Advertisement
Advertisement
सो कार्यक्रममा मन्त्री भुषालले कृषि क्षेत्रको बिकासमा सहकारिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

Advertisement