Friday, February 20

समाजवादी मोर्चाको बैठक आज बस्दै

नेपालअखबार, काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आइतबार साँझ बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार बैठकमा  मोर्चा आबद्ध चार दलका शीर्ष नेताबीच सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने छ ।

Advertisement

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो।

मोर्चाको नेतृत्व अहिले  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।