Sunday, July 5

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार पनि जारी रहने, आज २६ जनाले बोले

नेपालअखबार, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म जारी रहेर स्थगित भएको हो ।

Advertisement

बैठक सोमबार बिहान ११ बजेदेखि पुनः सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार आजको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले बोलेका छन् । यसअघि तय भएका  ७ एजेण्डामाथि उमेश डाँगी, कृष्ण पन्त, कृष्ण खनाल, गणेश बिके, गणेश काङवाङ, चिरञ्जिवी आचार्य, दिलु पन्त, धर्म निरौला, निरा जैरु, बसन्त मानन्धरलगायतले धारणा राखेको उनको भनाइ छ ।

Advertisement

आजको बैठकमा बोल्दै अध्यक्ष माधव कुमार नेपालले अगाडि आइपर्ने सबैखालका गम्भीर चुनौतीको सामना गर्न तयार भएर आफूहरुले नयाँ पार्टी बनाएका बताउँदै यो पार्टी नै कम्युनिस्टमा सबैभन्दा उत्तम विकल्प भएको बताए ।

उनले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेपनि बताए । उनले सबैखालको भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिँदै सरकारले गरेको कामको प्रशंशा पनि गरेका थिए ।