Saturday, September 12

समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणा सभाहरू गर्ने

नेपालअखबार, काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभाहरू गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको मुख्यालयमा बसेको मोर्चाको तेस्रो बैठकले सो निर्णय गरेको हो ।

Advertisement

बैठकबारे जानकारी दिँदै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने निर्णय गरेको छ । सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने पनि हमालले बताए ।

Advertisement
Advertisement

Advertisement