
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले महाधिवेशन आयोजक कमिटी गठन गर्ने भएको छ ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अब महाधिवेशन आयोजक कमिटी बनाएर बिदा लिन लागेको बताउनु भयो । महाधिवेशन आयोजक कमिटी गठनको लागि भदौ ८ र ९ गते स्थायी कमिटी बैठक काठमाडोंमा बोलाइएको उहाँले बताउनु भयो ।
पराजुलीले सोमबार वक्तव्य जारी गर्दै संग्ठनको आन्तरिक जीवन व्यवस्थित र गतिशील बनाउन महत्वपूर्ण भएकाले बैठकमा उपस्थित हुन सबै सदस्यलाई निर्देशन दिनुभएको छ ।


