Tuesday, August 4

गठबन्धनबाट बाहिरिने अवस्था छैन : माधव नेपाल

नेपालअखबार, काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन् ।

Advertisement

मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी गरे । प्रतिगमनलाई परास्त गरेको, संविाधन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको भन्दै उनले अगाडि भने, ‘हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएन ।’

Advertisement
Advertisement

सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भएपनि अहिले तत्काल गठबन्धन बदलिने र आफूहरु गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको अध्यक्ष नेपालले बताएका छन् ।

Advertisement