Wednesday, July 29

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ। ललितपुरको बालकुमारीमा जारी बैठकमा अहिलेसम्म ३० जना वक्ताहरूले आफ्नो धारणा राखिसकेका छन्।

Advertisement

केन्द्रीय कमिटीको आजको बैठकमा घनप्रसाद गौतम, ठगेन्द्रप्रकाश पुरी, अमृत तिम्सिना, बाल गोपाल थापा, जुद्धबिलास भन्डारी, टीकाराम शर्मा, धनराज आचार्य, सोम सापकोटा, शान्ता पाख्रिन आदिले धारणा राखेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

Advertisement
Advertisement

मंगलबारबाट बैठक सुरू भएको हो ।

Advertisement

हिजो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले पार्टी पंक्तिमा निष्क्रियता र निराशा छाएको बताएका थिए।

उनले आगामी माघसम्ममा माघसम्ममा महाधिवेशन गरिसक्ने गरी कार्ययोजना प्रस्तुत गरेका थिए।

उनले कार्तिक मसान्तभित्रमा सदस्यता नवीकरण र मंसिर १० गतेभित्र प्रमाणीकरण गर्न पनि प्रस्ताव गरेका छन्।

त्यस्तै अध्यक्ष नेपालले २०७८ भदौ २ गते एमालेसँग विद्रोह गरी नयाँ पार्टी खोल्नु औचित्यपूर्ण रहेको बताएका थिए। उनले एमालेभन्दा सातवटा बुँदाले फरक रहेको बताउँदै अब सिंगो पार्टीपंक्ति महाधिवेशनमा लाग्नुपर्ने बताएका थिए।

एकीकृत समाजवादीभित्र वैचारिक मत-भिन्नता पनि देखिएको छ। अध्यक्ष नेपालले प्रतिवेदन प्रस्तुत गर्दै जनताको बहुदलीय जनवादको सान्दर्भिकता नसिकएको बताएका थिए। उनले जबज समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त बन्न नसके पनि औचित्य रहेको बताएका हुन्।

तर, सम्मानित नेताले भने जबज कालातीत भइसकेको बताउँदै वैज्ञानिक समाजवादी कार्यदिशा अघि सार्नुपर्ने विचार राखेका छन्।
समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि (भदौ ७) गतेसम्म चल्ने छ।