Saturday, March 14

एकीकृत समाजवादी, जिल्ला कमिटी सुर्खेत एमालेमा समाहित भएको छैन: अध्यक्ष थापा

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेशका अध्यक्ष अम्मर थापाले केही अवसरवादीहरुले पार्टी छोडेको बताउनु भएको छ।

सुर्खेतका अध्यक्ष मोहन बडुवाललगायत केही सिमित नेताहरु एमालेमा फकिएको सत्य भएपनि समाचारमा आए जस्तो सिंगो जिल्ला कमिटी एमालेमा नफर्किएको बुझिएको छ।

Advertisement

अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘केही अराजक र अवसरवादी व्यक्तिगत स्वार्थ पूरा नभएका कारण एमालेमा फर्किएको विषयलाई लिएर पार्टी एमालेमा समाहित भएको भन्ने खबरहरु निराधार र भ्रमपूर्ण रहेको जानकारी गराउँदछौं।’

हेर्नुहोस् विज्ञप्ति 

369604649_2100747393650564_8095434754233582084_n1692797695.jpg