काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको चौथो दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो ।
ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
अस्पतालले शनिवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।
‘उहाँलाई नर्मल खाना दिन थालिएको छ, र सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
अस्पतालका अनुसार प्रम ओलीको भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन् ।

