Saturday, May 16

एकीकृत समाजवादीको महाधिवेशन माघ ‍१४ देखि

नेपालअखबार, काठमाडौं । नेकपा  एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघ १४ देखि १८ गतेसम्म गर्ने भएको छ ।

हाल काठमाडौंमा सञ्चालन भइरहेको पार्टीको छैटौं पूर्ण बैठकबाट एकीकृत समाजवादीले महाधिवेशनको मिति तोके पनि स्थान भने सचिवालय बैठकले तय गर्ने भएको छ ।

Advertisement

गठन भएको दुई वर्षपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । २००७ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भएको जनाएको एकीकृत समाजवादीले एमालेसँग नवौँ महाविधेशनपछि २०७८ सालमा अलग भएको थियो ।

आगामी महाविधेशनलाई १० औं महाविधेशनका रूपमा अघि बढाउने निर्णय भएको एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवरले बताए ।