Thursday, July 9

काेराेनाका कारण निर्माणाधिन ठूला आयोजना प्रभावित

विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणले नेपालका निर्माणाधीन जलविद्युत् आयोजना एक वर्ष पछि धकेलिने भएका छन्। सरकारले चालु आर्थिक वर्षभित्र सरकारी तथा निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट हजार मेगावाटभन्दा धेरै बिजुली उत्पादन हुने प्रक्षेपण गरेको थियो।

Advertisement

तर विकास, निर्माणको मुख्य सिजनमै कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले तोकेको लक्ष्य अनुसार बिजुली उत्पादन हुनेमा आशंका उब्जिएको छ। नेपालमा मुख्य गरी मंसिरदेखि असारसम्म निर्माण सिजन हो। मुलुकका अधिकांश जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी र कामदार प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएकोले जलविद्युत् क्षेत्रमा ठूलो असर पर्ने देखिएको हो।

Advertisement
Advertisement

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले कोरोना भाइरसकै कारण निर्माणाधीन १५ सय मेगावाटका जलविद्युत् आयोजना प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभावित भएको बताए। ‘जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धेरै जोडिएका छन्। त्यसैले नेपालको जलविद्युत् क्षेत्रमा कोरोना भाइरसको प्रभाव देखिएको छ,’ उनले भने, ‘कोरोना भाइरसकै कारण यहाँका दुई दर्जनभन्दा धेरै आयोजना प्रभावित भएका छन्।’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *