Thursday, July 16

एकीकृत समाजवादीको सचिवालय बैठक चल्दै

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक अहिले बिहान ८ बजे देखि सुरू भएकाे छ। पार्टी कार्यालयमा बस्न लागेको बैठकमा पार्टीका केही व्यवस्थापकीय कामहरूबारे छलफल हुने बताइएको छ।

Advertisement

‘यो नियमित बैठक हो, कुनै विशेष कार्यसूची छैन,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने।

Advertisement
Advertisement

आजको बैठकमा एकीकृत समाजवादीको भागमा परेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति कसलाई बनाउने भनेर पनि छलफल गर्ने उनले बताए।

Advertisement

एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा बझाङ–१ बाट निर्वाचित सांसद भानुभक्त जोशीलाई उम्मेदवार बनाउने पक्कापक्कीजस्तै छ।

‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्।

यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भइसकेको छ। सत्ता साझेदारहरू र प्रमुख प्रतिपक्षीले त्यही अनुसार उम्मेदवारी दर्ताको तयारी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समितिको भागबन्डामा परेका थिएनन्। रास्वपाले उम्मेदवार, समर्थक र प्रस्तावक जुटाउन सक्ने समितिमा उम्मेदवारी दिने गरी संसदीय दलको बैठकले निर्णय गरेको छ।