नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् ।
Advertisement
तर सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जाने उनको दाबी छ ।
Advertisement
Advertisement
माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार राखेको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गठबन्धन तोड्ने धेरै कसरत छन्, तर कसेको केही लाग्ने मैले देखेको छैन ।’
Advertisement
ठूलो दुर्घटना भएन भने यो गठबन्धन ५ वर्ष जाने उनको दाबी छ । उनले अघि भने, ‘गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने छन् ।’
प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करी सञ्जाल तोड्न गरिएको प्रयास समाजवाद र समृद्धिको आधार तयार पार्ने अभियान भएको बताए । उनले भने, ‘यो यत्तिमा सिमित हुने वाला छैन, अगाडि बढ्दै जान्छ ।’
मुर्झाएको जस्तो माओवादीको अवस्था बदल्न हिंसा बिनाको नयाँ जनयुद्ध सुरु गरेको र सरकारको कामकारबाहीले जनतामा भरोसा सञ्चार हुँदै गएको उनको दाबी छ ।‘यो देखेर प्रतिक्रियावादी, अवसरवादीहरु र अतिवादीहरु अलिबढी विक्षिप्त भएका छन् । उनीहरुको अभिव्यक्ति सुन्नुभयो, उनीहरुको गतिविधि हेर्नुभयो भने विक्षिप्त भएको राम्रैसँग देख्न र सुन्न सक्नुहुन्छ’ प्रचण्डले भने, ‘कसरी यो सरकारलाई बद्नाम गर्न सकिन्छ भनेर षड्यन्त्र गरिरहेका छन् ।’
सरकारविरुद्ध जति षड्यन्त्र ग¥यो, त्यति उनीहरु नै जनताको नजरमा गिर्दै जाने उनको दाबी छ ।
आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधारको धेरै प्रयास गरेको भएपनि अर्थतन्त्र चलायमान भइनसकेको र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क भइनसकेको उनले बताए ।