Wednesday, July 29

कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित

नेपालअखबार, पाेखरा। नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ।

Advertisement

आगामी मंसिरमा हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो।

Advertisement
Advertisement

भेला हालका लागि स्थगित भएको र आगामी कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोलाले बताए।

Advertisement

कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा गर्न लागिएको भेलाको पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम थियो।