Monday, July 27

जातीय, धार्मिक तथा साँस्कृतिक विद्वेष फैलाउनेविरुद्ध उभिन अध्यक्ष नेपालको आह्वान

नेपालअखबार, काठमाडौं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हालै धरानमा भएको घटनाले समस्त मुलुकबासीलाई चिन्तित तुल्याएको बताउनु भएको छ ।

Advertisement

बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालले जातीय, भाषिक, धार्मिक तथा साँस्कृतिक विद्वेष फैलाउने कुनै प्रकारका गतिविधिबाट प्रभावित नहुन  आग्रह गर्नुभएको छ  । बरु त्यसका विरुद्ध उभिन, संयमित हुन र राष्ट्रिय एकतामा योगदान गर्न उहाँले आह्वान गर्नुभएको छ  ।

Advertisement
Advertisement

विज्ञप्तिमा भनिएको छ “जुनसुकै जाति, भाषा धर्म र संस्कृतिको अनुयायी भए पनि हामी सर्वप्रथम नेपाली हौं भन्ने गर्ववोध गर्दै सबै क्षेत्रमा उच्च स्तरको सहिष्णुता र सहकार्यको राष्ट्रिय एकतालाई समृद्ध गर्न आम जनसमुदायलाई हार्दिक अपिल गर्दछ,”  ।

Advertisement

उहाँले मुलुकमा विभाजित गर्ने कुनै पनि प्रयत्नलाई विगतमा नेपालीहरूले परास्त गर्दै आएको बताउँदै त्यसरी नै अहिले देखा परेका प्रवृतिलाई पनि  धरानवासी जनसमुदायताले धैर्यता र संयमका साथ सामना गर्ने भनिएको छ ।